You are viewing the translated version of सरकारी सम्पत्ति तथा जिन्सी मौज्दातको वार्षिक विवरण.

Rule 101
सरकारी सम्पत्ति तथा जिन्सी मौज्दातको वार्षिक विवरण
कार्यालयले सरकारी सम्पत्ति तथा जिन्सी मौज्दातको वार्षिक विवरण तयार गरी सम्बन्धित केन्द्रीय निकाय, विभाग र कोष तथा लेखा नियन्त्रक कार्यालयमा एक एक प्रति पठाउनु पर्नेछ। यस्तो वार्षिक विवरण प्राप्त भएपछि सम्बन्धित केन्द्रीय निकायले एकीकृत वार्षिक विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्नु पर्नेछ।